site stats
बाह्रखरी :: Baahrakhari
देश
मितेरी सहकारी ठगी प्रकरण : सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन, ११ जना प्रतिवादी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । 

सीआईबीले तिनीहरूविरुद्ध मुद्दा चलाउन बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

उनका अनुसार, ११ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । सहकारीका अतिरिक्त हुण्डीको कारोबारमा पनि संलग्न भएको पाइएको छ ।

“११ जनालाई प्रतिवादी बनाइएको छ । कांग्रेस नेता धनराज गुरुङको नाम जोडिए पनि अनुसन्धानमा उहाँको संलग्नता कतै पनि नदेखिएपछि उहाँलाई प्रतिवादी बनाइएको छैन,” सीआईबी स्रोतले बाह्रखरीसँग भन्यो । 

सरकारी वकिल कार्यालयसँग थप परामर्श भइरहेको सीआईबीले जनाएको छ । 

मितेरी सहकारीमा बचत गर्ने १४४ जना र केही सञ्चालकसमेतको गरी १४ करोड रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । उक्त उजुरी परेपछि प्रहरीले छानबिन सुरु गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्