site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से २८ सय विन्दु तल झर्‍यो, तीन अर्बले घट्यो कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार (साउन २७) २८ सय विन्दु तल झरेको छ । नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा बन्द भएको हो ।

यस दिन कारोबार रकम तीन अर्ब २९ करोड रुपैयाँले घटेको छ । ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार (साउन २६) १० अर्ब २१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

२४ कम्पनीको सेयर मूल्य बढेको छ । २२५ कम्पनीको सेयर मूल्य घटेको छ । गरिमा विकास बैंकको सेयर मूल्य स्थिर छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२४ रुपैयाँ २८ पैसा कायम भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

सिटी होटेलको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६३६ रुपैयाँ २० पैसा कायम छ ।

नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको सर्वाधिक मूल्यको सेयर किनबेच भयो । यो कम्पनीको २६ करोड ७७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो ।

कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन समूहको परिसूचक बढेको छ । यो समूहको परिसूचक १.३२ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्