site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानमन्त्री ओलीले लगाए राखी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा शनिबार (साउन २४) राखी ग्रहण गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “आज रक्षाबन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो । दिदीबहिनीलाई धन्यवाद !”

रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व यस दिन देशभर रक्षाबन्धन धारण गरेर मनाइएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्