site stats
बाह्रखरी :: Baahrakhari
खेल
पाँच क्रिकेटकर्मी सम्मानित

काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघले नेपाल यू–१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैसीसहित पाँच क्रिकेटकर्मीलाई सम्मान गरेको छ । संघले बुधबार (साउन २१) आफ्नो छैटौँ वार्षिक साधारणसभाका अवसरमा उनीहरूलाई सम्मान गरेको हो ।

काठमाडौं र वाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने प्रसिद्धले एसीसी यू–१६ इस्टर्न जोन कपमा नेपाललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । उनले प्रतियोगिताका ६ खेलमा समान एक शतक र अर्धशतकसहित २४६ रन प्रहार गरेका थिए ।

सोही अवसरमा महिला टिमकी खेलाडी कृष्मा गुरुङ, आईसीसी अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र मुख्य प्रशिक्षक सामसनजंग थापालाई पनि सम्मान गरिएको थियो । प्रसिद्ध र कृष्मा दुवैलाई समान जनही पाँच हजार रुपैयाँ प्रदान गरियो ।

काठमाडौं जिल्ला क्रिकेटका अध्यक्ष दिवाकर घलेले संघले एक वर्षमा प्रधानमन्त्री कप पुरुष छनोट, प्रधानमन्त्री कप महिला छनोट, यू–१९ पुरुष छनोट, दोस्रो जयकुमार नाथ शाह स्मृति अन्तरविद्यालय प्रतियोगिता (एसीसी यू–१६ इस्ट जोन कप छनोट), आईसीसी यू–१९ महिला विश्वकप र एसिया कप छनोट तथा ‘ओ’ लेभल अम्पायर तथा प्रशिक्षक कोर्स आयोजना गरेको बताए ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्