site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रियुगा खोला सतर्कता तह पार
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । वर्षासँगै उदयपुरस्थित त्रियुगा खोलामा आइतबार (साउन १८) बिहान बाढी आएको छ । गाईघाटमा त्रियुगाको जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

खोलामा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन १८, बिहान १ः५५ बजे । उदयपुर जिल्लास्थित त्रियुगा खोला, गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले बिहानसम्म सतर्कता अपनाउनुहुन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।

fadgm-1754179807.jpg
 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०५:५५
प्रतिक्रिया दिनुहोस्