site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालमा धेरै ‘स्वीट्जरल्यान्ड’ छन् : डा. यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संरक्षण नगरिँदा नेपालका स्वीट्जरल्यान्डजस्ता धेरै क्षेत्र ओझेलमा परेको बताएका छन् । शनिबार (साउन १७) काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपाल सुन्दर मुलुक भएको उनले उल्लेख गरे । उनले यहाँ स्वीट्जरल्यान्डजस्ता धेरै क्षेत्र लुकेको बताए । नेपालको सुन्दरतालाई बचाइराख्न जरुरी रहेकामा उनले जोड दिए । उनले चारकोसे झाडी, चुरे क्षेत्र मासिएकामा दुःख व्यक्त गरे ।

सोही कारण हाल तराईमा खानेपानीको हाहाकार रहेको उनले बताए । जलको भण्डार नै चुरे भएको भन्दै उनले त्यसको संरक्षण गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा डा. रामवरण यादवको भनाइ पढ्नोस्–
यो नेपाल सुन्दर मुलुक छ । धेरै स्वीट्जरल्यान्ड हाम्रो देशमा छन् । तर, यो देशको संरक्षण छैन । चारकोसे झाडी खत्तम मेरै जीवनमा भयो । जंगल बेचेर पञ्चहरूले पहिला पैसा कमाउँथे । रातारात चुरे दोहन भइरहेको छ । तराईका आठ जिल्लामा पिउने पानीको हाहाकार छ । पूर्वी तराईमा पानी पर्दैन । जंगल छैन । चुरे पहाड खनेर लगेको छ । चुरे खनेर लगिदिएपछि प्लान्ट कहाँ लगाउने ? जलको भण्डार भनेकै चुरे हो । नैतिक आचरण हामीले निभाउनुपर्छ । यो समाजलाई कसरी बनाउने, देशलाई कसरी बनाउने भनेर सोच्नुपर्छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १९:३४
प्रतिक्रिया दिनुहोस्