site stats
बाह्रखरी :: Baahrakhari
देश
देशका धेरै स्थानमा वर्षा, केही ठाउँमा भारी
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा वर्षा भएको छ । धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही ठाउँमा भारी पानी परेको छ । “वाग्मती प्रदेशका थोरै स्थानहरू तथा कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत मापन भएको छ,” महाशाखाले शनिबार (साउन १७) बेलुका करिब ६ बजे फेसबुक पोस्टमा भनेको छ ।

अबका तीन दिन नेपालमा मनसुन केही सक्रिय अवस्थामा रहने महाशाखाले जनाएको छ । “आगामी तीन दिन नेपालमा मनसुन केही सक्रिय अवस्थामा रहने हुनाले देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ,” महाशाखाले भनेको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

यस्तै, ‘केही’ स्थान भन्नाले ३० देखि ५० प्रतिशत क्षेत्रफल हुने महाशाखाले जनाएको छ । महाशाखाले १० प्रतिशतभन्दा कम क्षेत्रफलाई ‘एक–दुई’ स्थान भन्छ । ‘थोरै’ स्थान भन्नाले १० देखि ३० प्रतिशत क्षेत्रफल हो । ५० देखि ८० प्रतिशत क्षेत्रफलाई ‘धेरै’ स्थान भनिन्छ । ८० प्रतिशतभन्दा बढी क्षेत्रफलाई ‘अधिकांश’ स्थान भनिने महाशाखाले जनाएको छ ।

fgm-1754138101.jpg
 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्