देश
रोल्पामा सहिद राजमार्ग अवरुद्ध
काठमाडौं । रोल्पामा सहिद राजमार्ग अवरुद्ध भएको छ । परिवर्तन गाउँपालिका–५, हतारबाँसमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बिहीबार (साउन १५) बिहान करिब ८ः२० बजे उक्त स्थानमा पहिरो खसेको हो । पहिरोका कारण रोल्पा–घोराही–रुकुम सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२ १०:२३
प्रतिक्रिया दिनुहोस्