site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती कांग्रेसमा किचलो : मुख्यमन्त्रीलाई संसदीय दलको नेताबाट हटाइयो

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाइएको छ । पार्टीका प्रदेशसभा सदस्य इन्द्र बानियाँको नेतृत्वमा दर्ता अविश्वास प्रस्तावका पक्षमा २२ र विपक्षमा १५ मत परेको सांसद मीना पराजुलीले जानकारी दिइन् ।

मंगलबार (साउन १३) मकवानपुरको हेटौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा लामालाई उक्त पदबाट हटाउने प्रस्ताव पारित गरिएको हो । योसँगै अब संसदीय दलको नेता चयनको प्रक्रिया सुरु गरिने वाग्मती प्रदेशसभा सदस्य गोविन्द लम्सालले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्