site stats
बाह्रखरी :: Baahrakhari
देश
गुल्मीमा पहिरो, रिडी–वामी सडक अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । गुल्मीमा रिडी–वामी सडक पनि अवरुद्ध भएको छ । चन्द्रकोट गाउँपालिका–८, तल्लोफाँटमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

मंगलबार (साउन १३) बिहान करिब ०८ः४० बजे उक्त स्थानस्थित सडकमा पहिरो खसेको हो । अविरल वर्षासँगै पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गुल्मीमै रुद्रवेणी–वामी सडक पनि पूर्ण रूपमा अवरुद्ध छ ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्