site stats
बाह्रखरी :: Baahrakhari
देश
दिक्तेलका मेयरको सत्याग्रहको दोस्रो दिन, भन्छन्– सरकारले चासो देखाएको छैन

काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा सत्याग्रह जारी राखेका छन् ।

विभिन्न सातबुँदे माग राखेर उनले आइतबारदेखि सत्याग्रह थालेका हुन् । आज वर्षा भएपछि उनी पाल टाँगेर बसेका छन् ।

मेयर भट्टराईले देशव्यापीरूपमा बाँसमा सामग्री प्रयोग गर्न नीति बनाउनुपर्ने, बाँदर व्यवस्थापन गर्नुपर्नेलगायत माग राखेका छन् ।

सत्याग्रहको दोस्रो दिनसम्म आइपुग्दा सरकारी पक्षबाट कुनै प्रतिक्रिया नआएको उनको भनाइ छ । “आज सत्याग्रहको दोस्रो दिन हो, पाल टाँगेर बसिरहेको छु । माग सम्बोधनका लागि सरकारी पक्षबाट कुनै जानकारी आएको छैन,” उनले भने ।

भट्टराई ०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्