site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार (साउन १२) सुनको मूल्य स्थिर छ । यस दिन सुन आइतबार (साउन ११)कै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कायम छ । छापावाल सुन आइतबार पनि यही मूल्यमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार २९५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्