site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जलवायु परिवर्तनको परिणाम डरलाग्दो छ : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनको परिणाम डरलाग्दो रहेको बताएका छन् । नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले कृषि र खानेपानीसम्बन्धी विषयमा सरकारले पटक– पटक बैठक बसेर छलफल गरिरहेको र एउटा निष्कर्ष निकाल्ने चरणमा रहेको जानकारी दिए । मधेस प्रदेशमा हाल ४६ प्रतिशतभन्दा बढी धान रोपाइँ हुन नसकेको र यो जलवायु परिवर्तनको प्रभाव रहेको उनको भनाइ छ । 

मधेसमा खानेपानीको पनि हाहाकार रहेको मन्त्री अधिकारीले बताए । रोपाइँ गरिएका खेतहरूमा धाँजा फाटेर उत्पादन नै हुन नसक्ने स्थितिमा रहेको बताए ।

“जलवायु परिवर्तनको परिणाम आज अत्यन्त डरलाग्दो अवस्थामा छ । गएको शुक्रबारदेखि नेपाल सरकार हामी विशेष गरी कृषि र खानेपानीसम्बन्धी विषयमा पटक–पटक बैठक गरेका छौँ,” मन्त्री अधिकारीले भने, “मधेस प्रदेशमा अहिले ४६ प्रतिशतभन्दा बढी धान रोपाइँ हुन सकेन । खानेपानीको हाहाकार छ । जमिनहरू धाँजा फाटेर उत्पादन हुन नसक्ने परिस्थिति जलवायु परिवर्तनका कारणले भएको छ ।”

मन्त्री अधिकारीले आवश्यक पर्ने ठाउँमा पानीको अभाव रहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्