site stats
बाह्रखरी :: Baahrakhari
देश
विराटनगर महानगरका विद्यार्थी : साथीको बुई चढेर आहाल तर्दै पुग्छन् विद्यालय

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–३ मा छ, मदननगर आधारभूत विद्यालय । त्यहाँ पूर्वप्राथमिक र प्राथमिक तहको पढाइ हुन्छ ।

विद्यालयको दक्षिणतर्फ सीप विकास तालिम केन्द्रको ठूलो चारचले नयाँ भवन बनाइँदै छ । त्यसको दक्षिणमा कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको सरकारी निवास छ । खापुङ निवाससम्म पुग्न हालै चिल्लो सडक बनाइएको छ ।

तर, उत्तरपट्टि विद्यालयका विद्यार्थी दैनिक हातमा चप्पल बोकेर सडकको आहाल तर्न बाध्य छन् । सडकमा घुँडाभन्दा माथिसम्म पानी जमेको छ । नियमित पानी परे अर्को बाटो भएर विद्यालय पुग्नुपर्ने विद्यार्थी बताउँछन् ।

s2-1753078803.jpg
पूर्वपट्टि बुढीगंगा गाउँपालिका पर्छ । हरेक बिहान विद्यालय आउँदा विद्यार्थीको चिन्ता हुन्छ, आहालले भरिएको सडक कसरी पार गर्ने ?

उनीहरूले जुक्ति लगाएका छन्, अलि बलिया र अग्लाले सानालाई बुई बोक्ने अनि तार्ने ।

यसको केही उत्तरतर्फ बनाइएको कालोपत्र सडक टंकीसिनवारी हुँदै मोरङको गछिया चोक पुग्छ ।

स्थानीय अभिभावक निर्मल ढुंगानाले भने, ‘‘नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्रमा पर्ने यो सडकको करिब ५० मिटर खण्ड निर्माण गर्न न महानगरले न त बुढीगंगा गाउँपालिकाले नै चासो दिएको छ । विद्यार्थीहरूलाई निकै नै सास्ती छ ।’’

यसबारे विद्यालय प्रशासनले सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्