देश
झापामा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
काठमाडौं । झापामा किशोरीको बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–९, वानडाँडा बस्तीका २४ वर्षीय पदम दर्जी छन् ।
१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (साउन २) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
दमक नगरपालिका–३ स्थित छाप्रोमा ती किशोरीको बलात्कार गरिएको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ३, २०८२ १५:५४
प्रतिक्रिया दिनुहोस्