देश
पाँच सहसचिवको सरुवा : को कहाँ ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले पाँच सहसचिवको सरुवा/पदस्थापन गरेको छ । मन्त्रालयको मंगलबारको निर्णयले सरुवा/पदस्थापन गरेको हो ।
अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभाग, कालिकास्थानको महानिर्देशक बनाइएको छ ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि मन्त्रालयमा तानिएको छ । उनको स्थानमा सहसचिव नरहरि घिमिरेलाई पठाइएको हो । घिमिरे हाल खोटाङका प्रमुख जिल्ला अधिकारी छन् ।
यस्तै, गृह मन्त्रालयमा कार्यरत सहसचिव कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२ १७:४६
प्रतिक्रिया दिनुहोस्