site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले एक वर्षमा जनविरोधी कामको नांगो नमुना प्रदर्शन गर्‍यो : ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सरकारले एकवर्षे कार्यकालमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो नमुना प्रदर्शन गरेको आरोप लगाएका छन् । मंगलबार (असार ३१) प्रतिनिधिसभा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री र मन्त्रीहरूले हालसम्म सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै आपत्ति जनाए । भ्रष्टाचारको ‘डिग्री’ दिनहुँ उकालो लागिरहेको भन्दै उनले भिजिट भिसामार्फत हुने तस्करीले दुनियाँसामु नेपालको बदनाम भएको टिप्पणी गरे ।

सांसद ज्वालाले सहकारी र मिटरब्याजपीडितले न्याय नपाएको, शिक्षा विधेयक समितिमा बन्धक बनेको, जनविरोधी अध्यादेशमार्फत शासन चलाउने कार्य बढेको भन्दै सरकारको आलोचना गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्