
विराटनगर । सुनसरीमा गोली हानेर एक युवतीको हत्या भएको छ । हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराति १ बजे गोली प्रहार गरी स्थानीय १८ वर्षीया युवती अर्सी खातुनको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनलाई आफ्नै भिनाजुले गोली प्रहार गरेको देखिएको छ । उनका भिनाजु भारतीय नागरिक भएको प्रहरीको प्रतिक्रिया छ । एसपी सुमनकुमार तिम्सिनाले बाह्रखरीलाई दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानमा भिनाजु आजात मिया जटले गोली हानेको देखिएको छ ।
“भिनाजुले हानेको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ,” उनले भने, “टाउकोमा गोली प्रहार गरी उनी भारततिरै भागेको देखिएको छ । खोजबिन जारी छ ।”
अर्सीको टाउको गोली हानेको पाइएको उनले बताए । घुस्की भारत सीमा क्षेत्र नजिकै हो । गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको देखिएको बताउँदै उनले भने, “खोजी कार्य सुरु भइसकेको छ ।”