site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डलक्षित रेशमको टिप्पणी– मान्छे नमार्ने हत्यारा भयौँ, मार्नेहरू सरकारसँग छन्

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ संकेत गर्दै मान्छे मारेको स्वीकार गर्नेलाई केही नगरिएको बताएका छन् । शनिबार (असार २८) काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यकको राष्ट्रिय भेलामा उनले यस्तो टिप्पणी गरेका हुन् ।

आफूलाई अझै पनि ‘टीकापुर हत्याकाण्ड गरिस्’ भनेर गाली गर्ने गरिएको उनले उल्लेख गरे । उनले आफू टीकापुर घटनामा घटनास्थलमै नरहेको भए पनि सबैभन्दा ठूलो हत्याको बिल्ला भिराइएको बताए । तर, मान्छे मारेको स्वीकार गर्नेहरूलाई यत्तिकै छोडिएको उनको भनाइ थियो ।

नेपाल न्याय मरेको देश भएको उनले टिप्पणी गरे ।

कार्यक्रममा रेशम चौधरीको भनाइ पढ्नोस्–
म मेरो सामाजिक सञ्जालमा कहिलेकहीँ हेर्छु । मार गाली गर्छन् मलाई । टीकापुर घटनामा मान्छे छैन, सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु । बच्चाको बाउआमा मसँग बिहान–बेलुका हुनुहुन्छ । मेरो परिवारको बच्चा मर्‍यो, मलाई भन्छन् बच्चाको हत्यारा, हत्यारा, हत्यारा हँ ! हामी मान्छे नमार्ने थारूहरू हत्यारा भयौँ । मान्छे मार्नेहरू उनैसँग छन् फेरि । सँगसँगै छन् । उनले मार्‍यौँ पनि भन्छन् । बडा पीडा छ दाइ ! न्याय मरेको देश । अब विद्रोह गरौँ, केका लागि विद्रोह गर्ने ? कसलाई मार्नलाई विद्रोह गर्ने ? न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्