site stats
बाह्रखरी :: Baahrakhari
देश
बैतडीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, ६ घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । 

डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।  

जीपमा सवार अन्य ६ जना घाइते भएका छन् । डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताए । 

राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

शनिबार बिहान ५ : ३० बजे बैतडीको पाटन–६ स्थित खिपालीमा जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब १०० मिटर तल भिरमा अड्किएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । रासस

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०८:१५
प्रतिक्रिया दिनुहोस्