site stats
बाह्रखरी :: Baahrakhari
देश
लाल बकैया खोला सतर्कता तह आसपास
फाइल तस्बिर ।

काठमाडौं । मकवानपुरमा लाल बकैया खोला सतर्कता तह आसपास छ । जुरेलीबजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

खोलामा पानीको बहाव बढ्दो क्रममा छ । त्यस क्षेत्रमा बुधबार बिहानसम्मै उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

"असार २४ गते, राति ११:०० बजे । मकवानपुर जिल्ला स्थित लाल बकैया खोला को जुरेलीबजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले लाल बकैया खोला लगायत स–साना खोलाको  आसपासका क्षेत्रमा रहनुहुनेहरूले भोलि बिहानैसम्म उच्च आवश्यक सतर्कता अपनाइराख्न हार्दिक अनुरोध गर्दछौँ," विभागले जारी गरेको सूचनामा उल्लेख छ । 

 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  २३:२९
प्रतिक्रिया दिनुहोस्