site stats
बाह्रखरी :: Baahrakhari
देश
रसुवा बाढी : नौजनाको शव फेला, १९ अझै बेपत्ता

काठमाडौं । रसुवामा गएको बाढीमा परेकामध्ये नौजनाको शव फेला परेको छ । मंगलबार राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सख्ंया नौ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो ।

२० जना बेपत्ता रहेकामा श्रेष्ठको शव फेला परेपछि अब १९ जना बेपत्ता छन् । दुई प्रहरी, ६ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । 

यस्तै, ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

उक्त बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । उक्त बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । धुञ्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्