
काठमाडौं । केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको छ । आज दिउँसो १ बजे गृह मन्त्रालयमा बोलाइएको बैठकमा रसुवाको बाढीबारे छलफल गर्ने तय भएको छ ।
भोटेकोसी नदीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोसीमा ठूलो बाढी आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भोटेकोसीस्थित रसुवा–स्याप्रुबेँसी जलमापन केन्द्रमा मंगलबार (असार २४) बिहान ३ः३० बजे बाढी आइपुगेको थियो । बाढी बिहान ५ बजे त्रिशूली नदीस्थित वेत्रावतीमा आइपुगेको विभागले जनाएको छ ।
बाढीले बिहान ४ बजे रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित नेपाल–चीन नाका जोड्ने मितेरी पुल बगाएको थियो । त्यहाँ मानिस र सवारीसाधनको आवतजावत बन्द भएको प्रहरीचौकी रसुवागढीले जनाएको छ ।