site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बाफिया पुनर्लेखनमा राष्ट्र बैंक र कानुन मन्त्रालयले दिएनन् सुझाव

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयक पुनर्लेखनका लागि सुझाव प्राप्त नभएको बताएको छ ।  

समितिले नेपाल राष्ट्र बैंक र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सुझाव मागेको थियो । तर, पाँच दिन बितिसक्दा समेत सुझाव प्राप्त नभएको समितिले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिले जेठ २२ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग बाफियाका दफा संशोधन गर्न आवश्यकता रहे परिमार्जन गर्नुपर्ने दफा तथा परिमार्जन गर्नुपर्ने व्यहोरा स्पष्ट खुल्ने गरी बुझाउन भनेको थियो ।

सुझाव उपलब्ध गराउने समय जेठ २८ गते बितिसकेको छ । अहिलेसम्म समितिमा सुझाव प्राप्त नभएको समिति सचिव रेखा उपाध्ययले बताइन् । 

“समितिको बैठक बस्ने मिति तय भयो भने हामीले पनि ताकेता गर्छौं तर, समयअभित्र सुझाव प्राप्त भएको छैन,” उनले भनिन् ।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १४:१६
प्रतिक्रिया दिनुहोस्