राजनीति

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकारले प्रयास गरे युक्रेनमा रहेका नेपाली युद्धबन्दीलाई फर्काएर ल्याउन सकिने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले अहिले आफूहरूले पहल गरिरहेको बताइन् ।
“हामीले प्रयास गर्यौँ भने सायद हाम्रो प्रिजनर्स अफ वार (युद्धबन्दी)लाई पनि फर्काएर ल्याउन सक्छौँ होला । र, त्यो प्रयासमा अहिले हामी जुटिरहेका छौँ,” परराष्ट्रमन्त्री राणाले भनिन् ।
केही महिनाअघि भारतमा आयोजित एक सम्मेलनमा सहभागी हुने क्रममा युक्रेनका परराष्ट्रमन्त्रीसँगको भेटमा आफूले नेपाली बन्दी रिहा हुन सक्ने जानकारी पाएको उनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ १३:४५
प्रतिक्रिया दिनुहोस्