site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजेट कार्यान्वयनका लागि मन्त्रालयहरूसँग तत्काल छलफल थाल्छौँ : उपाध्यक्ष अधिकारी

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले आगामी बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् । 

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बजेटपछि कार्यान्वयमा के हुन्छ भन्नेमा सबैमा चासो देखिएको बताए । उनका अनुसार, १६औँ योजनापत्रसँग जोडिएर बजेट ल्याइएको छ । अब बजेट कार्यान्वयनका लागि योजना आयोगको आफ्नै भूमिका रहने भएकाले त्यो भूमिका निर्वाह गर्ने उनले बताए ।

Argakhachi Cement Island Ad

उपाध्यक्ष अधिकारीले भने, "बजेट आएको छ, अब कार्यान्वयमा के हुन्छ भन्नेमा सबैमा चासो छ । बजेटले  रिफर्मको काम सुरु गरेको छ । निजी क्षेत्रलाई प्रोत्साहन र प्रेरित गरेको छ । करदेखि विभिन्न तरिकाले उनीहरूलाई प्रोत्साहन गरेको छ । अब यो बजेट  कार्यान्वयनका लागि अन्तर निकायबीच समन्वय गरिनेछ । मन्त्रालयहरूसँग तत्कालै छलफल गरिनेछ ।"

उनले आन्तरिक लगानी प्रवर्द्धन गर्ने हिसाबले बजेट आएको भन्दै कार्यान्वयनका लागि अब दृढ भएर सबै निकाय लाग्न जरुरी रहेको समेत बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १७:४४
प्रतिक्रिया दिनुहोस्