site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस, एमाले र माओवादीलाई सार्थक प्रजातन्त्रका पक्षमा उभिन अनुरोध
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । राजावादीहरूको ‘संयुक्त जनआन्दोलन समिति’ले कांग्रेस एमाले र माओवादीलाई सार्थक प्रजातन्त्रका पक्षमा उभिन अनुरोध गरेको छ । 

समितिका संयोजक नवराज सुवेदीले गरेको आह्वानमा दल वा समूहको प्रतिस्पर्धाभन्दा माथि हुने भन्दै राजतन्त्रसहितको प्रजातन्त्रका लागि नवीन समझदारी गर्न भनिएको छ । 

“राष्ट्रिय हित र नेपाली जनताको चाहना हृदयंगम गर्दै संयुक्त जनआन्दोलन समितिले सबै विचार र संस्था अट्ने, कसैप्रति निषेध र दूरभाव नहुने गरी नवीन समझदारीको प्रस्तावना गरेको छ,” वक्तव्यमा भनिएको छ, “राष्ट्र र प्रजातन्त्र जोगाउने हामी सबैको साझा उद्देश्य र दायित्व हो । यसर्थ नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र समेतका राजनैतिक दलहरूलाई सबल र समुन्नत राष्ट्र तथा सार्थक प्रजातन्त्रको पक्षमा एकजुट उभिन अनुरोध र आह्वान गर्दछौँ ।”
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्