site stats
बाह्रखरी :: Baahrakhari
देश
मानन्धरको प्रष्टोक्ति– बालेनको सचिवालयले सोधेको स्पष्टीकरण दिन्नँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयले सोधेको स्पष्टीकरण वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले नदिने बताएका छन् ।  

विभिन्न सञ्चारमाध्यममा व्यक्तिगत चरित्रमाथि निराधार, खेदजनक र कपोकल्पित अभिव्यक्ति दिँदै मेयरको निजी जीवनमा आपत्तिजनक टिप्पणी र सार्वजनिक प्रतिष्ठामा समेत आँच आउने गरी अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

Argakhachi Cement Island Ad

मेयर बालेनको निर्देशनमा जेठ ८ गते सोधिएको स्पष्टीकरण नदिने निष्कर्षमा मानन्धर पुगेका हुन् । “मैले हालसम्म स्पष्टीकरण दिएको छैन । किन दिने ? दिन्नँ । कसैको रमाइलोका लागि सोध्ने अनि दिइरहने ? टेलिभिजनमा बोलेको कुरा हो । त्यो त मेरो कामै हो । मैले सुकुम्बासी, फुटपाथको विषयमा पनि बोलिरहेको छु । त्यसमा पनि त स्पष्टीकरण दिनुपर्ने होला । त्यसैले यो औचित्यहीन छ,” उनले भने ।

आफू कार्यपालिका बैठक बोलाउन नसक्ने र यस्तै स्पष्टीकरण सोध्ने काम गर्दै बसेको उनले बताए । बालेनले उनलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउन कार्यपालिका बैठकमा सिफारिस गर्नुपर्छ ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । त्यसपछि बालेनको आदेशमा उनको सचिवालयले प्रवक्ता मानन्धरलाई सातदिने स्पष्टीकरण सोधेको थियो । महानगरमा लामो समयदेखिको विवाद कायमै छ ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १९:३४
प्रतिक्रिया दिनुहोस्