
काठमाडौं । इन्डोनेसियामा सेरेस थ्रीले तीनवटा उत्कृष्ट ईभी अवार्ड जितेको छ ।
इन्डोनेसियाको सबैभन्दा ठूलो ईभी प्रदर्शनी ‘ईभी ल्यान्ड एक्जिबिसन’मा सोकोनइन्डोले ‘सेरेस थ्री’का लागि फेवरेट कार लन्च, ‘सेरेस इवान’का लागि मस्ट अफोर्डेबल ईभी कार र ‘डीएफएसके गेलोरा ई’का लागि फेवरेट कमर्सियल भेहिकल गरी एकैपटकमा तीनवटा अवार्ड जित्न सफल भएको हो।
कार्यक्रम अप्रिल २९ देखि सुरु भएर मे ४ मा सम्पन्न भएको थियो । सेरेस ब्रान्ड होल्ड गर्ने पीटी सोकोनइन्डो अटोमोबाइलले सन् २०२५ को पेरिकलिन्डो इलेक्ट्रिक भेहिकल सोमा आफूले हासिल गरेका उपलब्धि सार्वजनिक गरेको हो ।
प्रदर्शनीमा विभिन्न ईभी मोडेल प्रदर्शन गरिए पनि नयाँ जमानाका प्रोफेसनलहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको ब्याट्रीमा आधारित एसयूभी (बीईभी) सेरेस थ्रीले विशेष ध्यान खिचेको थियो ।
प्रि–बुकिङ प्रणालीमार्फत सेरेस थ्रीको अन ड रोड (ओटीआर) बुकिङ मूल्य जाकार्ता क्षेत्रभित्र आरपी३७० र ३९८ मिलियनको बीचमा उपलब्ध गराइएको थियो ।
प्रदर्शनी अवधिभर कुल ७८२ वटा गाडी बुकिङ हुँदा सेरेस थ्री एक्लैले नै ३०५ युनिट बुकिङ प्राप्त गरेको बताइएको छ ।
यसले हाई स्पेसिफिकेसन भएका ईभी गाडीहरूमा उपभोक्ताको ठूलो चासो रहेको बताइएको छ ।