site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले पुटिनसँग युद्धविराम प्रस्ताव र व्यापारको बारेमा कुरा गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुरा गरी युक्रेनमा रक्तपात रोक्न प्रयास गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा शनिबार विभिन्न पोष्टहरू गर्दै ट्रम्पले सोमबार बिहान पुटिनसँग कुरा गर्ने लेखेको द गार्जियन न्युजले जनाएको छ ।

“फोन संवादको विषयहरू हरेक हप्ता औसतमा पाँच हजारभन्दा बढी रूसी र युक्रेनी सैनिकहरू मारिएकार्ले रक्तपात’ रोक्ने र व्यापार हुनेछन्,” ट्रम्पले भनेका छन् ।

राष्ट्रपतिले ट्रम्पले रुस–युक्रेन युद्धमा मृत्यु संख्या उल्लेख गरेका छन्, जुन आधिकारिक आँकडा वा अनुसन्धानमा आधारित अनुमानभन्दा धेरै बढी छ ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एक रूसी राज्य–सञ्चालित समाचार एजेन्सीलाई अमेरिकी र रूसी राष्ट्रपतिबीच फोन संवादको तयारी भइरहेको पुष्टि गरे ।

ट्रम्पले रूसी राष्ट्रपतिसँग कल गरेपछि युक्रेनी नेता जेलेन्स्की र नेटो नेताहरूसँग छुट्टै कुराकानी गर्ने बताइएको छ । यो सन् २०२२ मा रूसले पूर्ण–स्तरीय आक्रमण सुरु गरेदेखि चलेको युद्ध अन्त्य गर्न अमेरिकी प्रयासको एक भाग हो ।

“आशा छ यो फोन संवाद फलदायी हुनेछ, युद्धविराम हुनेछ र यो कहिल्यै नहुनुपर्ने हिंस्रक युद्ध अन्त्य हुनेछ,” ट्रम्पले लेखेका छन् ।

रूस र युक्रेनले पूर्णयुद्ध सुरु गरेयता पहिलोपटक टर्कीको इस्तानबुलमा एक वार्ता सम्पन्न गरेका छन् । युक्रेनले युद्धविरामका लागि तयार भएको बताए पनि रूसले अस्वीकार्य मागहरू राखेका कारण सहमति हुन सकेको छैन । शान्ति प्रक्रियामा ट्रम्पले कस्तो प्रगति गराउन सक्ने हुन् भन्ने स्पष्ट छैन ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०६:४७
प्रतिक्रिया दिनुहोस्