site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनबलमा माओवादी सत्तामा : प्रचण्ड

डोटी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको जिकिर गरेका छन् ।

शुक्रबार (जेठ २)देखि सुरु ‘जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियान’अन्तर्गत शनिबार डोटीमा आयोजित सभामा उनले आफ्नो दललाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्‍याएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, “हामीलाई तपाईं हामीजस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्तिसम्झौता हुँदै तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याएका हुन् ।”

अध्यक्ष प्रचण्डले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरूका पीरमर्का बुुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए । रासस
 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्