site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको उत्तरी राज्यका २१ विमानस्थल शनिबारसम्म बन्द रहने

काठमाडौं । भारतको उत्तर र उत्तरपश्चिम क्षेत्रका २१ विमानस्थल आउँदो शनिबारसम्म बन्द रहने त्यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

अमृतसर प्रहरी अधिकारी सिरिवेन्नेलाले भारतीय समाचार एजेन्सी एसियन न्युज इन्टरनेसनल (एएनआई)सित भने, “सबै विमानस्थल सिल गरिएका छन् । सुरक्षाकर्मी र कर्मचारीबाहेक कसैलाई पनि प्रवेश वा वाहिर निस्कन अनुमति दिइने छैन ।”

उनले उक्त क्षेत्रका सबै निर्धारित उडान प्रभावित हुने बताए । “परिस्थिति नियन्त्रणमा नआउन्जेलसम्म हामी केन्द्र सरकारले गरेको निर्णयानुसार कार्य गर्दै छौँ,” उनले भने ।

भारतले बुधबार (मे ७) बिहान पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा आक्रमण गरेको थियो । त्यसपछि धेरै भारतीय र अन्तर्राष्ट्रिय एयरलाइन्सले उत्तर भारतमा उडान रद्द गरेका थिए ।

केही अरू एयरलाइन्सले भने भारत–पाकिस्तानबीचको तनावका कारण उडान मार्ग परिवर्तन वा रद्द गरिएको बताएका छन् । फ्लाइट रेडार २४ को डाटा अनुसार, पाकिस्तानी हवाई स्पेसबाट टाढा रहन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय उडानले मार्ग परिवर्तन गरेका छन् ।

बुधबार राति पाकिस्तानले आफ्नो हवाई स्पेस पुनः खोलेको र त्यहाँका विमानस्थल पूर्ण रूपमा सञ्चालनमा रहेका जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro