site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपी साउदको प्रश्न– पाकिस्तानको सैन्य प्रतिनिधिमण्डलको भ्रमण किन गराएको ? 

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले पाकिस्तानको उच्चस्तरीय सैन्य प्रतिनिधिमण्डलको नेपाल भ्रमणमा प्रश्न उठाएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा नेता साउदले भारत र पाकिस्तानबीच गम्भीर तनाव भएको समयमा पाकिस्तानी सैन्य भ्रमण स्थगन गर्नु पर्ने बताएका छन् । 

“पहलगाम आतंककारी घटनाले छिमेकी भारत र पाकिस्तानबीच गम्भीर तनावको स्थिति उत्पन्न गराएको छ । यस सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुभएको सार्वजनिक भइसकेको छ,” साउदले भने, “तर, छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्थानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको देखिन्छ ।”

उनले भ्रमण पूर्वनिर्धारित नै भए पनि परिस्थिति आंकलन गरेर स्थगित गर्नु पर्ने बताए । 

“वर्तमान स्थितिबारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ भ्रमण स्थगित गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने थियो,” साउदले भने । 

यही वैशाख ९ गते भारतको जम्मुकस्मिरस्थित हिंसात्मक आक्रमण गर्दा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो । 

नेपाली सेनाले वैशाख २१ गते विज्ञप्ति जारी गरी भ्रमणबारे औपचारिक जानकारी गराएको थियो । पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीमा तालिमरत शिक्षार्थीको १२ सदस्यीय उच्चस्तरीय सैन्य प्रतिनिधिमण्डल ६ दिने नेपाल भ्रमणमा आएको जानकारी गराइसकेको छ । 

उक्त टोलीले नेपालका सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गर्ने जानकारी नेपाली सेनाले गराएको छ । तर, मित्रराष्ट्रको उच्चस्तरीय सैन्य प्रतिनिधिमण्डल नेपालमै रहेका बेला सदनमा भने त्यही विषयमा प्रश्न उठेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro