राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले पाकिस्तानमाथि भारतको आक्रमणप्रति गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले अल्पकालीन र दीर्घकालीन प्रभावबारे समयमा नै छलफल अघि बढाउन माग गरे ।
“भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत–पाकिस्तानकाबीच युद्ध सुरु भएको छ,” उनले भने, “हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुई किसिमका प्रभावका बारेमा सरकार गम्भीर बनोस् । समयमा नै यसमा छलफल अघि बढाओस् ।”
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ १२:१४
प्रतिक्रिया दिनुहोस्