site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय प्रधानमन्त्री मोदीले ‘अपरेसन सिन्दूर’को गरे रातभर  निगरानी 

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर ‘अपरेसन सिन्दूर’को निरन्तर निगरानी गरेका छन् । 

समाचार संस्था एएनआईले प्रधानमन्त्री मोदीले पहलगाम नरसंहारको प्रतिकारमा बुधबार प्रभाति पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा रहेका नौ आतंकवादी लक्ष्यमा मिसाइल प्रहार गरिएको ‘अपरेसन सिन्दूर’को निरन्तर निगरानी गरेको जनाएको छ । 

सरकारी स्रोतहरूका अनुसार, प्रधानमन्त्री मोदीले नयाँ दिल्लीमा बसेर वास्तविक समयमा भइरहेको विकासक्रमको निगरानी गरेका थिए । उनलाई रक्षा प्रमुख, वरिष्ठ गुप्तचर अधिकारीहरू र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाले निरन्तर जानकारी दिएका थिए । 

मंगलबार साँझदेखि बुधबार बिहानसम्म सेनाध्यक्ष, नौसेनाध्यक्ष र वायुसेनाध्यक्षसँग प्रधानमन्त्रीको धेरैपटक सम्पर्क भएको एनडीटीभीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro