site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
प्रतीकात्मक तस्बिर ।

भक्तपुर । गए रातिदेखिको वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाती सडकमा आवतजावत गर्न समस्या भएको छ । 

जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं इन्स्पेक्टर प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक–जगाती हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए ।

सडकमा सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगाबाट चलाउन दिइएको उनले बताए । उनका अनुसार, भक्तपुर हुँदै काभ्रे जाने दुईपांग्रे र हल्का चारपांग्रे सवारीसाधन जगातीबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्कने गरी ‘डाइभर्सन’ गरिएको छ ।

भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई सल्लाघारीको चौर र जगातीमै रोकिएको छ । सूर्यविनायक–धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगाखण्डमा हल्का वर्षाले पनि बाटो हिलाम्मे हुने गरेको छ ।

गाडी चिप्लिएर सयौँ फिट तल खस्ने जोखिम रहेपछि सवारीसाधनलाई एकतर्फी गरिएको हो । बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन माथि उक्लनै नसक्ने, सडकमै भासिने गरेका छन् । साना सवारी चिप्लेर लड्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

वर्षामा जोखिम बढे पनि समस्या समाधानका निम्ति तीव्रगतिमा काम हुन नसक्दा समस्या भएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro