site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तिम धक्का आवश्यक, शिक्षकलाई धम्क्याइयो : महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गराउन ‘दरिलो र अन्तिम धक्का’ आवश्यक रहेको जनाएको छ । महासंघले देशभरका सबै शिक्षक–कर्मचारीलाई काठमाडौं आउन पुनः आग्रह गरेको छ ।

महासंघको अगुवाइमा काठमाडौंमा शिक्षकको सडक आन्दोलन जारी छ । गएको चैत २० गतेदेखि दिनहुँ उनीहरूले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

“गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन हो,” महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंकेन्द्रित सडक आन्दोलनमा सहभागी प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई धम्काउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट गरिएको सूचना प्राप्त भएको महासंघले जनाएको छ ।

“संविधानप्रदत्त सामूहिक सौदाबाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न/नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दै यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक–कर्मचारी साथीहरूमा अनुरोध गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro