site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुम्लामा पहिरोले पुर्‍यो भेडीगोठका २६ बाख्रा, ११ पसल बगायो
Tiktok banner adTiktok banner ad

सिमकोट, (हुम्ला) । हुम्लामा पहिरोले पुरिएर २६ बाख्रा मरेका छन् । आज बिहान वर्षापछि गएको लेदोसहितको पहिरोले पुरिएर अदानचुली गाउँपालिका–३ का आइते बुढाको गोठभित्र रहेका २६ बाख्रा मरेका हुन् ।

भेडिगोठभित्र पहिरो पसेपछि बाख्रा मरेका पीडित किसान बुढाले बताए । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको छ ।

आज बिहान एक्कासि परेको वर्षाका कारण पहिरो गएको हो । वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

अविरल वर्षापछिको बाढीपहिरोले अदानचुलीमा ११ वटा पसल बगाएको छ । वर्षासँगै आएको लेदोसहितको पहिरोले अदानचुली–२ का अमृत बुढा, अदानचुली–१ का बुद्धि महतारालगायत व्यवसायीका पसलमा क्षति पुर्‍याएको छ । यहाँका अधिकांशका घर तथा टहरामा पानी पसेर स्थानीय प्रभावित बनेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro