site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानमा भीषण असिनापानी, सवारीसाधन बगे
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाकिस्तानमा असिनासहितको भारी वर्षा भएको छ । बुधबार (अप्रिल १६) परेको असिनापानीले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागमा विनाश मच्चाएको छ ।

त्यसक्रममा सयौँ सवारीसाधन र घरका झ्यालका सिसा फुटे । बीबीसी उर्दुका अनुसार, इस्लामाबादका स्थानीयले आफ्नो जीवनमा यति ठूला असिना कहिल्यै नदेखेको बताएका छन् ।

खैबर पख्तुनख्वा क्षेत्रमा पनि असिना परेको थियो । र, भारी वर्षाका कारण लन्डी कोतलमा बाढी आयो । त्यसक्रममा धेरै सवारीसाधन पानीमा बगेका थिए ।

असिनापानीका कारण धेरै कारका सिसा फुटेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro