site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अदालतको आदेश उल्लंघनमा ट्रम्प प्रशासनविरुद्ध अवहेलना मुद्दाको चेतावनी
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकाका एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई अदालतको अवहेलनामा दोष करार गर्नसक्ने चेतावनी दिएका छन् ।
 
गत महिना ट्रम्प प्रशासनले अपराधमा संलग्न भएको भन्दै दुई सयभन्दा बढी आप्रवासीहरूलाई एल साल्भाडोर पठाउन लागिएको विमान रोक्ने आदेशलाई उल्लंघन गरेको बताउँदै उक्त चेतावनी दिइएको बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले २२७ वर्ष पुरानो कानुनमा टेकेर ती व्यक्तिहरूलाई अदालतको आदेश विपरीत एल साल्भाडोर पठाएको थियो ।

अमेरिकाका संघीय न्यायाधीश जेम्स बोअसबर्गले भने, “अदालत यो निष्कर्षमा अकस्मात पुगेको होइन । प्रतिवादीहरूलाई आफ्नो कार्य सुधार्ने वा व्याख्या गर्ने पर्याप्त अवसर दिइएको छ । तर, उनीहरूले सन्तोषजनकरूपमा कुनै पनि जवाफ दिएका छैनन् ।” 

विज्ञप्तिमार्फत अमेरिकी राष्ट्रपति कार्यालयले यसकोे सामना गर्ने बताएको छ । ह्वाइट हाउसका कम्युनिकेसन निर्देशक स्टिभन च्युङले यसबारेमा तत्काल पुनरावेदन गर्ने योजना रहेको बताएका छन् । उनले भने, “राष्ट्रपति डोनाल्ड ट्रम्प अवैध, आतंकवादी र अपराधी आप्रवासीहरू  अमेरिकीहरूका लागि खतरा बन्नु हुन्न भन्ने सुनिश्चित गर्न सतप्रतिशत प्रतिबद्ध छन् ।”

न्यायाधीश बोअसबर्गको अवहेलना मुद्दा सुरु गर्ने निर्णयले राष्ट्रपतिको अधिकारको विषयमा ह्वाइट हाउस र न्यायपालिकाबीचको दूरी थप बढाएको  विश्लेषण गरिएको छ ।

“ट्रम्प प्रशासनले उक्त कामाको स्पष्टीकरण र अदालतले गत महिना दिइएको आदेश पालना गरेमा अवहेलनाको दोषबाट जोगिन सक्छ,” बुधबार बोअसबर्गले भने । यसका लागि अप्रिल २३ देखि अदालतमा प्रक्रिया सुरु हुने उनले बताए ।

न्यायाधिश बोअसबर्गको यो निर्णय त्यहाँको सर्वोच्च अदालतले सन् १७९८ को ‘एलियन एनेमिज एक्ट’ प्रयोग गरेर आपराधिक आप्रवासीहरू अर्को देशमा पठाउन पाउने भन्ने फैसला गरेपछि आएको हो । तर, न्यायाधिश बोअसबर्गले सर्वोच्च अदालतको यो फैसलाले अदालतको आदेशले अवहेलना गर्ने सरकारलाई छुट दिनुपर्छ नभनेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro