site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘सिटामोल’को प्रदर्शन मिति साउन २३ 

काठमाडौं । चलचित्र ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको चलचित्र ‘सिटामोल’ साउन २३ गते रिलिज हुने भएको छ । 

सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड छन् । पोस्टरमा सौगात वैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन् । 

उनको छेउमा बेनिशा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिन्छिन् । सिनेमामा उनीहरू श्रीमान्–श्रीमतीको भूमिकामा छन् । 

चलचित्रले माओवादी जनयुद्धको कथा उठान गरेको छ । सौगातले सिनेमामा जनयुद्धको घाइतेको भूमिका निवार्ह गरेका छन् । 

चलचित्रमा सौगात र बेनिशासँगै लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मीलगात कलाकारको अभिनय छ । 

‘सिटामोल’को कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता छन् । अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्माताको रूपमा रहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro