
काठमाडौं । संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)की महानिर्देशक अड्रे अजौलेले पत्रकार सुरेश रजकको हत्याको निन्दा गरेकी छन् ।
अजौलले बुधबार एक विज्ञप्ति जारी गर्दै पत्रकार रजकको हत्याको निन्दा गरेकी हुन् । राजावादीले यही चैत १५ गते काठमाडौंको तीनकुनेस्थित एक घरमा आगजनी गर्दा पत्रकार रजकको जलेर मृत्यु भएको थियो ।
“सुरेश रजकको हत्याको म निन्दा गर्छु । उनको मृत्युको सम्बन्धमा गहन अनुसन्धान गर्न र दोषीहरूलाई न्यायको कठघरामा ल्याउन म माग गर्दछु,” युनेस्कोकी महानिर्देशक अजौलेले भनेकी छन् ।
पत्रकारहरूले सुरक्षित तवरले आफ्नो कर्तव्य निर्वाह गर्न पाउने पर्ने उनले बताएकी छन् ।
रजक एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार थिए । उनले रिपोर्टिङ गरिरहेको भवनमा आगो लगाइँदा जलेर उनको मृत्यु भएको थियो ।