site stats
बाह्रखरी :: Baahrakhari
देश
वायुप्रदूषण कसरी जोखिमयुक्त अवस्थामा पुग्यो ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सुक्खा वायुमण्डल र कमजोर पारदर्शिता (भिजिबिलिटी)का कारण नेपालमा वायुप्रदूषण जोखिमयुक्त अवस्थामा पुगेको जनाएको छ । आज एक विज्ञप्तिमार्फत विभागले लामो समयदेखि देशभर पर्याप्त वर्षा नभएको तथा तापक्रम वृद्धि भएकाले वायुमण्डल सुक्खा भएको र तुवाँलोको प्रभावले पारदर्शिता घटेकाले वायुप्रदूषण थप जोखिमयुक्त अवस्थामा पुगेको जनाएको हो ।

विभागका अनुसार, चैत ९ र १० (मार्च २२ र २३) गते देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा भएकामा त्यसपछिको अवधिमा पर्याप्त वर्षा हुन सकेको छैन । साथै, पश्चिमी वायुको प्रभाव निकै कमजोर रहेकाले लामो समयदेखि देशभर पर्याप्त वर्षा नभएको तथा तापक्रममा वृद्धि भएकाले वायुमण्डल सुक्खा छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"फलस्वरूप तुवाँलोको प्रभावले वायुमण्डलको पारदर्शिता (भिजिबिलिटी)समेत न्यून हुन गई हालको वायुप्रदूषणको अवस्थालाई थप जोखिमयुक्त अवस्थामा पुर्‍याउन भूमिका खेलेको देखिन्छ," विभागले भनेको छ ।

विभागका अनुसार, अप्रिलमा सरदर (५८.७ मिलिलिटर) वा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । "आगामी तीन दिन देशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना भए पनि देशभरको मौसममा अपेच्छित सुधार हुने अवस्था नदेखिएकाले मौसमसम्बन्धी जानकारी अद्यावधिक हुनुहुन तथा आवश्यक सतर्कता अपनाउन हुन यस विभाग सबैमा हार्दिक अपिल गर्दछ," विज्ञप्तिमा उल्लेख छ ।

विभागका अनुसार, यस वर्ष मनसुनपछिको 'पोस्टमनसुन'को अवधि (अक्टोभरदेखि नोभेम्बर, २०२४) मा देशभर सरदर (६४.० मिलिलिटर) भन्दा १९.६ प्रतिशत न्यून वर्षा भएको थियो । तापक्रम सरदर (२०.१ डिग्री सेल्सियस) भन्दा ०.७ डिग्री सेल्सियस बढी थियो ।

त्यसैगरी, हिउँद अवधि (डिसेम्बर, २०२४ देखि फेब्रुअरी, २०२५) मा देशभर सरदर (६०.४ मिलिलिटर) भन्दा ७९.४ प्रतिशत न्यून वर्षा भएको थियो । तापक्रम सरदर ( १३.५ डिग्री सेल्सियस) भन्दा ०.५ डिग्री सेल्सियस बढी थियो । गएको मार्चमा समेत देशभरको सरदर वर्षा (३२.२ मिलिलिटर) मा २९.५ प्रतिशतले कमी आएको तथा तापक्रममा सरदर (१८.८ डिग्री सेल्सियस) भन्दा ०.८ डिग्री सेल्सियस बढी मापन भएको विभागले जनाएको छ ।

Air-Pollution-(2)-1744179823.jpg
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्