site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ गायिका लक्ष्मी तिवारीलाई 

काठमाडौं । ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान–२०८१’ गायिका लक्ष्मी तिवारी (तिवारी आमा)लाई प्रदान गरिने भएको छ । नेपाल स्रष्टा समाजले बर्सेनि यो सम्मान प्रदान गर्दै आएको छ ।

हालै बसेको समाजको केन्द्रीय कार्यसमिति बैठकबाट उक्त निर्णय गरिएको उपाध्यक्ष डा. सदानन्द कडेलले जानकारी दिए । सम्मानसाथ नगद राशि १५ हजार १११ रुपैयाँ समेत प्रदान गरिने समाजले जनाएको छ ।

पाल्पाको रामपुर निवासी तिवारी मौलिक लोकगीत गायन र सिर्जनामा सक्रिय छिन् । समाजका विकृति र विसंगतिलाई गीत, कविता तथा सिलोकमार्फत प्रस्तुत गर्ने उनी सफल सर्जकका रूपमा स्थापित भएको समाजले जनाएको छ ।

उक्त सम्मान आउँदो वैशाख ९ गते काठमाडौंमा प्रदान गरिनेछ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro