कला

काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘हर्ष’को छायांकन सकिएको छ । ३५ दिनमा छायांकन सकिएको निर्माणपक्षले जनाएको छ ।
निर्देशक एकता पौडेलका अनुसार चलचित्रमा पाँचवटा गीत समावेश गरिएको छ । चलचित्रको पोस्ट प्रोडक्सनको काम सकिएपछि प्रदर्शन मिति घोषणा गर्ने तयारी रहेको उनले बताइन् ।
चलचित्रमा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापितलगायतको अभिनय छ ।
चलचित्र आलोक शुक्लाले खिचेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१ ०७:४४
प्रतिक्रिया दिनुहोस्