-1738748876.jpg)
काठमाडौं । ललितपुरको भैँसेपाटीको वायु खतराको तहमा पुगेको छ । आइतबार दिउँसो २:३० बजेतिर भैँसेपाटी क्षेत्रको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) ३६९ छ ।
वातावरण विभागका अनुसार, काठमाडौं उपत्यकाका तीन स्थानको वायु अस्वस्थकर छ । काठमाडौंको शंखपार्कको एक्यूआई १६९, रत्नपार्कको १५४ र ललितपुरको खुमलटामार १६२ मापन भएको छ । यीबाहेक अन्य सहरको एक्यूआई १५० भन्दा कम छ ।
एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।
यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।