site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोटेश्वरमा जलाइएको स्कोरपियो हलेसी तुवाचुङ नगरपालिकाको  
प्रदर्शनको दृश्य ।

काठमाडौं । राजावादी शुक्रबार (चैत १५) कोटेश्वरमा जलाएको एउटा स्कोरपियो खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको भएको पत्ता लागेको छ ।

जीपी मल्टी ट्रेडिङ कन्सर्न प्रालि कोटेश्वरमा मर्मत गरी फर्कने क्रममा राजावादी समूहले स्कोरपियो जलाएको नगरपालिकाले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

राजावादी समूहले बा२झ ४१०० नम्बरको स्कोरपियो जलाएको थियो । “हलेसी तुवाचुङ नगरपालिकाको बा२झ ४१०० नम्बरको महेन्द्र कम्पनीको स्कोरपियो जीपी मल्टी ट्रेडिङ कन्सर्न प्रालि कोटेश्वरमा मर्मत गरी करिब दिउँसो ४ः०० बजे फर्किने क्रममा राजावादी समूहद्वारा आयोजित आन्दोलनकारीहरूले नगरपालिकाको सवारीसाधनमाथि तोडफोड र आगजनीलगायत अन्य निजी घर र सार्वजनिक सम्पत्तिहरूमा समेत तोडफोड, आगजनीजस्ता अपराधिक गतिविधि र हिंसात्मक प्रदर्शन भएकोप्रति हलेसी तुवाचुङ नगरपालिका गम्भीर घोर भर्त्सना गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

राजावादी प्रदर्शनकारीले निजी घर तथा व्यावसायिक कम्प्लेक्समा तोडफोड र लुटपाट गरेका थिए । उनीहरूले जडीबुटी प्रशोधन केन्द्र र नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा पनि आगजनी गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro