site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘बिगुल’को निर्माण घोषणा, मुख्य भूमिकामा नरेन

काठमाडौं । चलचित्र ‘बिगुल’को निर्माणको घोषणा गरिएको छ । सामाजिक कथावस्तुमा आधारित चलचित्रमा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् ।

बिगुलको अर्थ अन्यायविरुद्धको आवाज उठाउनु हो । पछिल्लो समय नरेन ‘बाह्र गाउँ’मा देखिएका थिए ।

अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको ‘बिगुल’मा नरेनबाहेक अन्य कलाकारहरूको छनोट टुंगो लाग्न बाँकी रहेको निर्माण पक्षले बताएको छ ।

‘बिगुल’लाई रमेश कोइरालाले निर्देशन गर्नेछन् । उनले यसअघि ‘लीला’ र ‘नीरमाया’ निर्देशन गरिसकेका छन् । मौनता श्रेष्ठको लेखन रहेको सिनेमामा कल्पना पौडेल प्रस्तुतकर्ताका रूपमा रहने बताइएको छ । 

चलचित्रको छायांकन २०८२ को वैशाख १ बाट सुरु हुनेछ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro