site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब प्लेन नथपी उपाय छैन : पर्यटनमन्त्री
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुचारु गर्न ‘लिज’मा विमान थप्ने तयारी भइरहेको बताएका छन् । सोमबार (चैत ११) सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले उड्डयन क्षेत्रलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न विमान थप्नुको विकल्प नभएकामा जोड दिए । १० वाइडबडी र १० न्यारोबडी विमान थप्नुपर्ने उनले बताए ।

“अब प्लेन नथपीकन कुनै उपाय नै छैन,” उनले भने, “१० वटा वाइडबडी र १० वटा न्यारोबडी  भइदिए मात्र सञ्चालन गर्न सजिलो हुन्छ ।”

धेरै देशबाट सिधा उडानको प्रस्ताव आएको उनले उल्लेख गरे । “सबैतिरबाट सिधा उडानको लागि प्रस्ताव आएका छन् । जुनसुकै देशले पनि ध्वजावाहक नै चढ्न खोज्ने रहेछन्,” उनले भने, “नेपालीले त खोज्ने नै भयो, अरूले पनि सम्बन्धित देशमा जाँदा त्यो देशको ध्वजावाहक भयो भने ढुक्क अनुमति गर्दो रहेछ ।”

नागरिक उड्डयनका क्षेत्रमा कुनै पनि बेला नतिजा देखिने गरी काम गरिरहेको उनले बताए । “नागरिक उड्डयनको क्षेत्रमा नेपाल एयरलाइन्सलाई सुचारु बनाउने सन्दर्भमा हामी गहन छलफलमा छौँ,” उनले भने, “कुनै पनि बेला नतिजा आउने गरी हामी छलफलको तदारुकतामा छौँ ।” 

उनले लिजमा विमान लिएर उडाउने प्रक्रिया अन्तिम चरणमा रहेको समेत बताए । उनले उड्डयन क्षेत्रमा देखिएका समस्या समाधान गर्ने गरी सरकार हवाई नीति ल्याउने तरखरमा रहेको सुनाए ।

विदेशी र स्वदेशी एयरलाइन्सबीच टिकटमा देखिएको असमानता हटाउन आवश्यक अध्ययन भइरहेको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro