site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेलले ल्यायो ‘सधैँ अन रोमिङ’, भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक

काठमाडौं । आफ्ना ग्राहकहरूका आवश्यकताहरू पूरा गर्न नवीनतम् सेवा, सुविधाहरू प्रदान गर्ने एनसेलले ‘सधैँ अन १७९९ रोमिङ’ प्याक ल्याएको छ । यो एक सम्पूर्ण प्याकेज हो, जसले नेपालभर निर्वाध रूपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्दछ ।

यो २८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड युट्युब, बिमा सुविधा, र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन्, जसले यात्रुहरूलाई चिन्तामुक्त यात्राको अनुभव लिनका लागि मद्दत गर्दछ । यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान बिनाकुनै अवरोध र अतिरिक्त खर्च निर्वाध रूपमा सेवाको उपलब्धता सुनिश्चित गर्दछ ।

भारत भ्रमणका बेलामा ग्राहकहरूले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्दछन् । यस बाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा एक लाख रुपैयाँसम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेट्छ ।

करसहित रु. १७९९ शुल्क रहेको यो वान टाइम प्याकले सधैँ अनका सेवा, सुविधाहरू, रोमिङ सेवा, र बिमा सुविधासहितको ग्राहकलाई आवश्यक सञ्चार सेवार बिमासहितको सुरक्षा प्रदान गर्दछ । ग्राहकहरूले एष्ट्रिक१२३एष्ट्रिक७एष्ट्रिक६ह्यास डायल गरेर सहजै यो प्याक लिन गर्न सक्छन् ।

“हामी विशेष गरी प्रायः यात्रा गर्ने हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न प्रतिबद्ध छौँ । ‘सधैँ अन रोमिङ’ प्याक प्रशस्त डेटा, अनलिमिटेड कल, र मनोरञ्जनका लागि विकल्पहरूसहित उनीहरूका सम्पूर्ण सञ्चारको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ,” एनसेलका चीफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।

यो सधैँ अन रोमिङ सुविधासँगै, एनसेलले भारतमा भ्रमण गरी राख्नुपर्ने ग्राहकहरूका लागि उनीहरूका भ्रमणका बेला कनेक्टिभिटीको अनुभवलाई अझ प्रभावकारी बनाउन उदेश्य राखेको छ । देशभित्रै प्रयोग गर्नका लागि उच्च परिमाणका सेवा, सुविधाहरूका साथै थप रोमिङ सुविधासँग समायोजन गरी, एनसेलले विदेश यात्रामा पनि सधैँ अन रहन र सम्पर्कमा रही रहन सहजता प्रदान गर्दछ ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  २१:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro